NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा चतुर्दशी - २९

दुधौली नगर अस्पताल, सिर्थौलीको पृष्ठभूमि

दुधौली नगर अस्पताल सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको सिर्थौली वडा नम्बर ५ मा ठाकुर खोलाको पवित्र संगममा अवस्थित छ। यस स्वास्थ्य संस्थाको निर्माणको लागि श्री जितबहादुर कार्की (५ कट्ठा) र श्री नेत्रबहादुर कार्की (५ कट्ठा) ले जग्गा दान गर्नुभएको थियो, जम्मा १० कट्ठा। पूर्वमा कटारी, पश्चिममा भिमान, उत्तरमा महाभारत पर्वत शृङ्खला र दक्षिणमा चुरे क्षेत्र बीचको क्षेत्रलाई समेटेर चारकिल्लामा औलो विरुद्ध लड्न वि. सं. २०२२ मा नेपाल औलो उन्मूलन संघको स्थापना भएको थियो। स्वास्थ्य चौकी आधिकारिक रूपमा वि. सं. २०२९ मा स्थापना भएको थियो। वि. सं. २०५३ मा, यो स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा सञ्चालन भए पनि, यसले नगरपालिकाको आर्थिक सहयोगमा २४ घण्टा आपतकालीन सेवा र सर्पदंशको उपचार पनि प्रदान गर्दछ । आधारभूत अस्पतालको रूपमा आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न नगर कार्यपालिका बैठक पछि, भवन निर्माण गरी आधिकारिक रूपमा दुधौली नगर अस्पताल, सिर्थौली नामकरण गरिएको थियो।